हेटौंडा, चैत २६ । कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी छलफलका लागि वाग्मती प्रदेश सरकारले सर्वदलीय बैठक बोलाएको छ ।
प्रदेशको राजधानी हेटौंडामा बुधबार बोलाइएको सर्वदलीय बैठकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित मन्त्रीहरु, सत्तारुढ र प्रतिपक्ष दलसहित प्रदेशमा क्रियाशील दलका प्रतिनिधिको सहभागिता थियो ।
बैठकमा प्रदेशको सुरक्षा, खाद्यान्न, तरकारी, ग्यास आपूर्तिलगायतका विषयमा छलफल भएको छ ।
यस्तै, बैठकमा कोरोनाभाइरस संक्रमण रोक्न पर्याप्त ‘क्वारेन्टाइन’, ‘आइसोलेसन’, ‘आइसीयू’सहित स्वास्थ्यकर्मीहरुको आवश्यकता र आवश्यक उपकरणहरुको व्यवस्थाका विषयमा पनि छलफल भएको थियो ।
बैठकमा मुख्यमन्त्री पौडेलले कोरोनाको महामारीबाट नागरिकलाई सुरक्षित राख्न उपलब्ध साधन–स्रोतको समुचित व्यवस्थापन र समन्वयमा सबै दलको साथ–सहयोगको लागि आग्रह गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्