
ललितपुर, चैत २६ । कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि गोदावरी नगरपालिको स्थापना गरेको आपतकालीन कोषमा नेपाली कांगे्रसका नेताहरुले एक लाख नगद जम्मा गरेर सहयोग गरेका छन् ।
उक्त कोषमा पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणा, नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ क र ख प्रदेशका उम्मेदवार क्रमश मीनकृष्ण महर्जन, ऋषिराम घिमिरेले उक्त रकम जम्मा गरेका हुन् ।
उनीहरुले बज्रबाराहीस्थित नगरपालिकाको कार्यालयमा पुगेर नगर प्रमुख गजेन्द्र महर्जनलाई रकम हस्तान्तरण गरेका थिए । कोरोना भाइरसको संकटबाट बच्न र महामारी नियन्त्रण गर्न स्थानीय सरकारले गरेको प्रयासलाई सघाउन आफूहरुले सहयोग गरेको उनीहरुले बताए ।
रकम हस्तान्तरणपछि बोल्दै पूर्व अर्थमन्त्री उदय शमशेर राणाले नेपाल सरकारले गरेको निर्णय एकद्धार प्रणाली अन्तर्गत नै रहेर रकम हस्तान्तरण गरेको बताए ।
नेता राणाले भने, ‘हामी लगायत विभिन्न व्यक्ति संघसंस्थाले सहयोग गरेको रकमबाट आवश्यक स्वास्थ्य सामग्री, राहत जे आवश्यक पर्छ त्यसमा स्थानीय सरकारले हेरेर खर्च हो , हामीले बाहिरबाट स्वास्थ्य सामग्री किनेर वितरण गर्ने होइन । ’
उनले अप्ठ्यारो परेको बेलामा सरकारलाई सहयोग गर्नु सबैको दायित्व र कतव्र्य भएको बताए । सरकारलाई सहगोग गर्न उनले नागरिकहरुलाई आग्रह गरे ।
नेता राणाले सरकारले लागू गरेका लकडाउनको निर्णय पालना गर्दै घरमै सुरक्षित क्वारेन्टाइनमा बस्न सबैलाई अनुरोध गरे । राणा , महर्जन र घिमिरेले आफ्नो निर्वाचत क्षेत्र भित्र रहेका कोन्ज्योसोम, बागमती र मंहाकाल गाउँपालिकाको आपतकालीन कोषमा सहयोग स्वरुप नगरद जम्मा गर्ने तयारी गरेको बताए ।
नगरप्रमुख गजेन्द्र महर्जनले राहतकोषमा जम्मा भएको रकम कार्यपालिका बोर्ड बैठकले निर्णय गरी निष्पक्ष तरीकाले खर्च गर्ने बताए । विगतका प्राकृतिक प्रकोपमा पनि यी नेताहरुले अप्ठ्यारोमा परेका जनतालाई विभिन्न तरीकाले सहयोग गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्