गठबन्धनले आक्रमणका घटनाहरु घटाएको ओलीको आरोप « Imagekhabar – Online News Portal of Nepal


गठबन्धनले आक्रमणका घटनाहरु घटाएको ओलीको आरोप


767
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा जनताको सहभागिता उल्लेख्य र उत्साहजनक रहेको बताउनुभयो ।

उहाँले केही स्थानमा लोकतन्त्रको मूल्य मान्यता विपरित गठबन्धनले आक्रमणका घटनाहरु घटाएको आरोप लगाउनुभयो ।

भक्तपुरको सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय मतदान केन्द्रबाट भोट हाल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनले अपेक्षित परिणाम ल्याउनेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो ।

उहाँले नेकपा एमालेको अपेक्षित परिणामसँग डराउनेहरुले अवाञ्छित क्रियाकलाप गराएको टिप्पणी पनि गर्नुभयो ।