१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


एनएमबी बैंकद्वारा प्रदेश २ सरकारलाई एक सय थान पिपिई हस्तान्तरण


0
Shares

धनुषा, चैत २६ । प्रदेश २ सरकारलाई एनएमबी बैंकले चिकित्सकका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा समाग्री (पिपिई) सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड—१९) उपचारका लागि सहयोग पुर्‍याउने उद्देश्य एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेश कुमार झाले बुधबार बिहान एक सय थान पिपिई मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरे ।

सो अवसरमा मुख्यमन्त्री राउतले कोरोना सङ्क्रमणको उपचारमा अत्यन्तै महत्वपूर्ण मानिएको स्वास्थ्य सामग्री पिपिईले उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाएर उत्साहित बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर साह, प्रदेशका मुख्यन्यायधिवक्ता दिपेन्द्र झा र चिकित्सकीय सल्लाहकार समूहका डा. राम केवल साहको उपस्थिति थियो । रासस