३० असार २०८२, सोमबार | Tue Jul 15 2025


‘कालोबजारी गरेको भेटिए तत्काल कारबाही’


0
Shares

काठमाडौं, चैत २६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले संकटको घडीमा कालोबजारी गरेको भेटिएमा तत्काल कारबाही गर्ने बताएका छन् ।

बुधबार मन्त्रालयको टोलीले राजधानीका विभिन्न खाद्यान्न पसलमा गरेको अनुगमनका क्रममा मन्त्री भट्टले व्यापारीहरुलाई मुनाफामात्रै हेरेर काम नगर्न भन्दै कालोबजारी गरेको भेटिएमा तत्कालै कारबाही गर्ने बताएका हुन् ।

मन्त्रालयको अनुगमनका क्रममा खाद्यान्न व्यवसायीले भारतबाट आयात हुने खाद्यान्न नियमित आयात भइरहेको भन्दै चामल, दाल, गेडागुडीलगायतका खाद्यान्नको अभाव नहुने बताएका थिए ।

नेपाल खाद्य किराना संघले ट्रकचालक तथा लोडर (लेबर)हरूको आवत–जावतका लागि पास व्यवस्थाबाहेक कुनै समस्या नरहेको बताएको हो ।