Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


लकडाउन केही खुकुलो, मालवाहक सवारी साधनको चहलपहल बढ्यो


0
Shares

धादिङ । पृथ्वी राजमार्गमा राजधानी प्रवेश गर्ने मालवाहक सवारी साधनको संख्या बढेको छ ।

लकडाउनको समयमा सरकारले दैनिक आवश्यक वस्तुहरुको ढुवानीका लागि केही खुकुलो बनाएसँगै राजधानी प्रवेश गर्ने सवारी साधनको संख्या दैनिक बढ्दै गएको छ ।

दुध, फलफूल, तरकारी, पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, औषधीलगायतका ढुवानी गर्ने सवारीका साधनहरु राजधानी प्रवेश गर्ने गरेका छन् ।

पृथ्वी राजमार्ग हुँदै राजधानी प्रवेश गर्ने मालवाहक सवारीका साधनको संख्या गत हप्ताको तुलनामा केही वृद्धी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख नेत्र भट्टले जानकारी दिए ।

सरकारले कोरोना भाइरसको संक्रमण नेपालमा फैलन नदिनका लागि गरेको लकडाउनका कारण मानिसहरुलाई आवश्यक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन निश्चित सवारी साधनहरु चलाउन अनुमति दिएको छ ।

पृथ्वी राजमार्ग हुँदै नागढुंगा नाकाबाट बाहिरिने र राजधानी भित्रने सवारी साधनको संख्या दैनिक तीन सयको संख्यामा रहेका छन् ।