२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


मौन अवधिको उल्लंघन गर्दै अध्यक्ष दाहाल चितवनमा घुमफिर


2.054k
Shares

काठमाडौं । निर्वाचनको मौन अवधि उल्लंघन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल चितवनका विभिन्न स्थानीय तहमा घुमफिर गर्नुभएको छ ।

बुधबार साँझ चितवन गएर बस्नु भएका दाहाल बिहीबार बिहान माडी नगरपालिकामा पुगेर गठबन्धनका उम्मेदवारहरुसंग भेटघाट गर्नुभएको थियो भने दिउँसो दलबलसहित भरतपुर घुमफिर गर्नुभएको छ ।

दाहालको साथमा मन्त्रीहरु किसान श्रेष्ठ, उमेश श्रेष्ठ र उमा रेग्मी पनि रहेका छन् । नेकपा एमालेले दलबलसहित आएका दाहालले मतदाता प्रभावित गर्न मौन अवधिमा चलखेल गरेको आरोप लगाएको छ ।

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै आचारसंहिता विपरित सत्ता गठबन्धनले शक्तिको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।

एमालेले भरतपुर महानगरपालिका र माडी नगरपालिकाका गठबन्धनका उम्मेदवारहरुको उम्मेदवारी रद्द गर्न माग गरेको छ । सरकारी सवारी साधनको दुरुपयोग जर्दै मन्त्रीद्वय किसान श्रेष्ठ र उमेश श्रेष्ठ मतदाताका घर घरमा गएर पैसा बाँडेको आरोप पनि लगाएको छ ।