३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


साउदी अरबमा केही हप्ताभित्र दुई लाख व्यक्तिमा कोरोना सङ्क्रमण हुनसक्ने


0
Shares

एजेन्सी । साउदी अरबका स्वास्थ्यमन्त्रीले मङ्गलबार आगामी केही सातामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई लाख पुग्नसक्ने भन्दै सबै नागरिकलाई सचेतता अपनाउन निर्देशन दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी प्रेस एजेन्सीले स्वास्थ्यमन्त्रीलाई उद्धृत गरी कोरोना सङ्क्रमणका विरामीको सङ्ख्या बढ्नेबारे जानकारी दिँदै नागरिकलाई आफ्नो किसिमले सुरक्षा अपनाउन निर्देशन दिएको जनाएको हो ।

स्वास्थ्यमन्त्री तफिक अल रवियाले भने, “अध्ययनहरूले आगामी केही हप्तामा साउदी अरबमा सङ्क्रमण दर बढ्नसक्ने छ । यो सङ्ख्या कम्तीमा एकलाख देखि बढीमा दुई लााखसम्म हुने अनुमान गरिएको छ ।”

विश्वभर कोरोना भाइरसका कारण मङ्गलबार साँझसम्म ७६ हजार ३७० व्यक्तिको मृत्यु भएको छ भने साउदी अरबमा २२१ व्यक्तिको मृत्यु भएको छ ।

खाडी मुलुक साउदी अरबमा सङ्क्रमितको सङ्ख्या दुई हजार ७९५ पुगेको छ ।