१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


इन्डोनेसियामा विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु, १२ वर्षीय बालकको जीवितै उद्धार


0
Shares

जकार्ता, साउन २७ । इन्डोनेसियामा एउटा चार्टर्ड विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने एक जना १२ बर्षीय बालकलाई जीवितै उद्धार गरिएको छ ।

शनिबार उडान भरेको केही समयपछि सम्पर्कविहीन उक्त विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

तनह मेराहबाट पपुवा न्युगिनीको ओक्सिबी बिमानस्थलका लागि उडान भरेको केही समयमै डिमोनिम एअरको विमान दुर्घटना भएको हो । चालक दलका सदस्यसहित ९ जना सवार उक्त विमान सम्पर्कबिहीन भएको केही मिनेटमा विमानस्थलबाट ४० माईल पर दुर्घटनाग्रस्त अवस्थामा फेला पारिएको अधिकारीहरुले जनाएका छन् ।

विमान दुर्घटना भएलगत्तै आगलागी हुँदा एकजना बालकबाहेक अरु सबैको मृत्यु भएको हो । दुर्घटनामा बाँच्न सफल ती बालक होसमै रहेको र क्यामेरातर्फ हेरेको उद्धारमा पुगेकाहरुले बताएका छन् । (एजेन्सी)