Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


लकडाउनमा काम गर्ने वातावरण मिलाउन निर्माण व्यवसायी महासंघको आग्रह


0
Shares

काठमाडौ., चैत २५ । नेपाल निर्माण व्यवसायी महासंघले लकडाउनको समयमा सुरक्षा अपनाएर विकास निर्माणका काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ ।

लकडाउनका कारण विकास निर्माण कार्य ठप्प हुन पुगेकाले यसका लागि चाहिने सम्पूर्ण सामग्री आपूर्ति भएका निर्माण व्यवसायीलाई काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको महासङ्घका महासचिव रोशन दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा अहिलेको समय निर्माण व्यवसायीको काम गर्ने समय भएको हुँदा निर्माण सामग्री आपूर्ति गरिसकेका आयोजनालाई सुरक्षा अपनाएर निरन्तरता दिनका लागि सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने जनाइएको छ । प

रियोजना निर्माण क्षेत्रमा सीमित श्रमिक हुने र सामाजिक दूरी कायम गर्न सकिने हुँदा कोरोना भाइरसको खतरा कम हुने महासङ्घको ठहर छ ।

यस्तै, महासङ्घले पुल निर्माणका लागि आवश्यक पर्ने मेसिनलगायत उपकरण र निर्माण सामग्री तथा आवश्यक पर्ने खाद्यान्नको ढुवानी गर्न र पुलको इन्जिनीयर तथा मजदूरलाई अनुमति पासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।