२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


आईपीएलमा कोलकत्ताको जित


338
Shares

काठमाडौं । कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ ।

सोमबार राति भएको खेलमा कोलकत्ताले मुम्बई इण्डियन्सलाई ५२ रनले पराजित गरेको छ ।

१ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनाउन सक्यो ।

मुम्बईका इशान किशनले ५१ रनको अर्धशतकीय इनिङ खेले । टिम डाभिडले १३ तथा रमनदिप सिंहले १२ रन बनाए । केइरन पोलार्डले १५ रन जोडे ।

कोलकत्ताका लागि पाट कुमिन्सले ३, आन्द्रे रसलले २ र टिम साउथीले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर ९ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो ।

कोलकत्ताका लागि नितिश राना र भेन्काटेस एयरले समान ४३ र४३ रन जोडे । अजिन्का रहानेले २५ तथा रिन्कु सिंहले अविजित २३ रन बनाए ।

मुम्बईका जसप्रित बुम्राहले ५, कुमार कार्तिकेले २ र डानिल साम्सले १ विकेट लिए ।

कोलकत्ता १२ खेलमा १० अंक जोड्दै सातौं स्थानमा छ । ११ खेलमा ४ अंक मात्र जोडेको मुम्बई अंक तालिकाको पुछारमा छ ।