पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनको काममा सुरक्षा संयन्त्र परिचालनका लागि एक करोड ४५ लाख बजेट निकासा गरेको छ ।
बैठकले मनाङ र मुस्ताङलाई पाँच लाखका दरले र अन्य नौ जिल्लाका जिल्ला प्रशासनलाई १५ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश सरकारको हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका सबै सुरक्षा संयन्त्र परिचालन, अनुगमन, मसलन्द र गाडी मर्मतका लागि ११ वटै जिल्ला प्रशासनलाई बजेट निकासाको निर्णय भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए ।








प्रतिक्रिया दिनुहोस्