८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


अन्तरा इन्टरनेशनलका सञ्चालकविरुद्ध मुद्दा दायर


208
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेशनलका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले काठमाडौं महानगरपालिका–२७ स्थित अन्तरा इन्टरनेशनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर विरुद्धको अपराध गरेको पाइएको जनाएको छ ।

विभागले सो कम्पनीका लेखापरीक्षक गणेशबहादुर केसी र श्यामसुन्दर यादवविरुद्ध मुद्दा दायर गरेको हो ।

विभागले १७ करोड ७ लाख ५५ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ । आरोपी अन्तरा इन्टरनेशनलले ८ करोड ५३ लाख मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पाएसँगै विभागले शतप्रतिशत जरिवाना समेत गरी १७ करोडभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।