३० असार २०८२, सोमबार | Mon Jul 14 2025


‘रोड मार्किङ’को काम धमाधम (भिडियो)


0
Shares

खिलनाथ ताजपुरिया र राजेन्द्र नापित (इमेज)

काठमाडौं, चैत २४ । सडक डिभिजन कार्यालयले ‘लकडाउन’को सदुपयोग गर्दै उपत्यकाका मुख्य र सहायक सडकहरुमा ‘रोड मार्किङ’को कामलाई निरन्तरता दिएको छ ।

लकडाउन भएको बेला सुनसान सडकहरु यतिबेला सफा र चिल्ला देखिन थालेका छन् ।

यतिबेला उपत्यकाका विभिन्न सडकमा धमाधम रोड मार्किङको काम भइरहेको छ ।

सडक विभागको सडक डिभिजन काठमाडौंमातहतको ४१ किलोमिटरमध्ये करिब ३१ किलोमिटर सडक लकडाउनअघि कालोपत्रे भइसकेको थियो ।

डिभिजन कार्यालयले कालोपत्रेपश्चात् अहिले बानेश्वर–तीनकुने, तीनकुने–एअरपोर्ट र सिंहदरबार–माइतीघर मण्डलामा रोड मार्किङको काम गरिरहेको छ ।

अन्य समयमा ट्राफिक जामले अवरोध पुर्‍याउने हुँदा लकडाउनको सदुपयोग गर्दै होसियारीपूर्वक काम भइरहेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।

बालुवाटार–महाराजगन्जलगायत विभिन्न सडकमा भइरहेको रोड मार्किङको काम हालसम्म करिब २८ किलोमिटर भइसकेको सडक डिभिजनले जनाएको छ ।

भाइरसको जोखिमलाई मध्यनजर गर्दै काम गर्ने स्थानमा बढीमा चारजना जनशक्ति राखेर काम गर्न थालिएको सडक डिभिजन काठमाडौंका प्रमुख कुबेर नेपाली बताउँछन् ।

यता, कोरोनाभाइरसको जोखिम मोल्दै रोड मार्किङ गरिरहेका कामदार भने हातमा पन्जा, मास्क लगाएर काम गरेपनि घर पुगेपछि साबुन–पानीले नुहाइ–धुवाइ गरी स्यानिटाइजर लगाउने गरेको बताउँछन् ।

लकडाउनको सदुपयोग गर्दै सडकहरु रोड मार्किङ गरिनुले सडकहरु सफा र चिल्ला बन्दै गएका छन् । तर, यो समयमा कामदारहरुको पनि स्वास्थ्यलाई ख्याल गर्दै काम गर्नु आवश्यक छ ।

भिडियो हेर्नुहोस्