एन्फाले बनायो तीन सदस्यीय छानविन टोली « Imagekhabar – Online News Portal of Nepal


एन्फाले बनायो तीन सदस्यीय छानविन टोली


117
Shares

काठमाडौं । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा छानबिन गर्न एन्फाले तीन सदस्यीय टोली गठन गरेको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठकले पूर्व नेपाली अन्तर्राष्ट्रिय तथा नेपाली सेनाका सेवानिवृत्त मेजर जनरल भिक्टर राणाको संयोजकत्वमा पूर्व नेपाली अन्तर्राष्ट्रिय खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेको छानबिन टोली टोली गठन गरेको हो ।

मुख्य प्रशिक्षक अल्मुताइरीसँग आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा खेलाडीसँग खटपट भएको भन्दै १० खेलाडीले प्रशिक्षण छोडेका थिए । त्यसपछि खेलाडीहरूले एन्फालाई छानबिनका लागि आग्रह गरेका थिए ।