Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


गाउँगाउँमा पुगेर राहत वितरण गर्दै म्याग्दीका जनप्रतिनिधि


0
Shares

म्याग्दी, चैत २४ । ‘लकडाउन’ले दैनिक ज्याला मजदुरी गर्ने र विपन्न परिवारमा खाद्यान्न संकट भएपछि म्याग्दीका जनप्रतिनिधिले गाउँगाउँमा पुगेर राहत वितरण गर्न थालेका छन् ।

नगरपालिकाका प्रमुख, उपप्रमुखहरु र सदस्यहरु राहत वितरणमा अग्रसर भएपछि ग्रामीण क्षेत्रका नागरिकहरु कोरोनाविरुद्ध लड्न उत्साहित भएका छन् । 

यतिबेला म्याग्दीका जनप्रतिनिधिहरुले वडा तहबाट राहत वितरण गरिरहेका छन् ।

धौलागिरि गाउँपालिकाले ६००, मालिका गाउँपालिकाले ७९५, मंगला गाउँपालिकाले ३७७ परिवारलाई परिवार संख्याको आधारमा चामल, दाल, नुन र तेल वितरण गरेको छ ।

जनप्रतिनिधिहरुले मास्क, हातधुने साबुन, स्यानिटाइजर पनि वितरण गरेका छन् ।