
तस्बिर फाइल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आइतबार पत्रकार सम्मेलन गरी मतदातालाई अपिल गर्नुहुने भएको छ ।
पार्टी मूख्यालयमा साढे १० बजे पत्रकार सम्मेलन गरेर ओलीले यही बैशाख ३० गते हुने स्थानीय चुनावमा आफ्नो पार्टीका उम्मेदवारलाई मत दिन ओलीले अपिल गर्ने तय भएको हो ।
पत्रकार सम्मेलन सकेर ओली आजै बुटवल जाने कार्यक्रम रहेको छ । बुटवलको देवीनगरस्थित खुला चौरमा हुने चुनावी सभालाई सम्बोधन गर्न ओली जाने कार्यक्रम रहेको छ ।
बुटवलमा सत्ता गठबन्धनबाट कांग्रेसका खेलराज पाण्डे मेयरको उम्मेदवार हुनुहुन्छ भने एमालेबाट बाबुराम भट्टराई उम्मेदवार हुनुहुन्छ ।
बुटवलमा शनिबार प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्