Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


लकडाउन लम्बिदा सर्लाहीमा किसानले मकै र उखुमा मल हाल्न पाएनन्


0
Shares

सर्लाही । लकडाउन लम्बिदा सर्लाहीका किसान चिन्तित भएका छन् ।

मकै र उखु दुवै बालीमा रासायनिक मल हाल्ने समय भएको छ ।

तर बजार बन्दले गर्दा किसानले मल हाल्न पाएका छैनन् ।

कृषि प्राविधिक देवानन्द रायका अनुसार उखु लामो समयको बाली भएकाले एक महिना अघि वा पछिले खासै फरक नपर्ने भए पनि मकै छोटो समयको बाली भएकाले यसलाई समयमै मल हाल्नु पर्ने हुन्छ ।

सर्लाहीमा करिब २५ हजार हेक्टरमा मकै खेती र २५ हजार हेक्टरमा उखु खेती हुने गरेको छ ।