Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


प्रदेश–५ मा कोरोना भाइरसको परीक्षण आजबाट सुरु


0
Shares

भैरहवा । प्रदेश–५ मा कोरोना भाइरसको परीक्षण सुरु भएको छ ।

रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्रको आवास भवनमा प्रयोगशाला निर्माण गरेर परीक्षण सुरू गरिएको हो ।

अन्य प्रदेशमा केही दिन अघिदेखि नै प्रयोगशालाबाट परीक्षण सुरु भएपनि प्रदेश–५ मा भने आज साँझबाट सुरु हुन लागेको हो ।

प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल र सामाजिक विकास मन्त्री सुदर्शन बरालको उपस्थितिमा प्रयोगशालाबाट परीक्षण थालिएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त कार्यालय प्रमुख डा. राजेन्द्रकुमार गिरीले ंप्रयोगशालामा परीक्षण सुरु भएको जानकारी दिए ।

प्रयोगशालाबाट एक दिनमा १५-१६ वटा नमूना परीक्षण गर्न सकिने र सामान्यतया १ घण्टामा एउटा रिपोर्ट प्राप्त सकिने बताइएको छ ।