३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


फोहाेर व्यवस्थापनमा जनकपुरका उम्मेदवारको विशेष जाेड


104
Shares

काठमाडौं । फोहाेर व्यवस्थापनमा जनकपुरका उम्मेदवारले विशेष जाेड दिएका छन ।

आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले नगर क्षेत्रको फोहाेर व्यवस्थापनको मुद्दालाई प्रमुख चुनावी मुद्दा बनाएका छन। उनीहरुले फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिलसाइट निर्माणगरि फोहरबाट मोहर बनाउने योजना अघि सारेका छन ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका लालकिशोर शाहले फोहरमैला व्यवस्थापनगरि जनकपुरधामलाई आकर्षक एवं आधुनिक शहरका रूपमा विकास गर्ने प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ । आफ्नो अघिल्लो कार्यकालमा नगर क्षेत्रको सरसफालाई सुधारमा ल्याउने प्रयास गरिएपनि डम्पिङसाइट निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन नभएकाले सफल हुन नसकेको भन्दै निवर्तमान नगरप्रमुख साहले आफू पुनः निर्वाचित भए ती कार्य पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले जनकपुरधाम उपमहानगरपालिकाभित्रको फोहाेर मैला व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माण गरी फोहाेरबाट मोहर बनाउने सङ्कल्पपत्र सार्वजनिक गर्नुभएको छ । नेपाली कांग्रेस परित्यागगरि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका मनोजकुमार शाहले आफू निर्वाचित भए सबै भन्दा पहिला उपमहानगरपालिकाभित्र फोहाेर व्यवस्थापनका लागि सेनेटरी ल्याण्डफिलसाइट निर्माण तत्काल सुरु गराउने बताउनुभएको छ ।

नगरप्रमुख पदका अर्का स्वतन्त्र उम्मेदवार जानकीराम शाहले पनि आफ्नो ११ बुँदे प्रतिज्ञापत्रमा जनकपुरधाम उपमहानगर क्षेत्रको फोहाेर मैला व्यवस्थापनमा जोड दिनुभएको छ ।