३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


कोरोना संक्रमण देखिएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना


0
Shares

काठमाडौं । कोरोना भाइरसको संक्रमण देखा परेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् ।

कोरोना भाइरसको परीक्षण गरेको दश दिनपछि उनी अस्पताल भर्ना हुनुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

चिकित्सकहरुको सल्लाह अनुसार उनलाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वव्यापी रुपमा त्रास फैलिइरहेका बेला प्रधानमन्त्री जोनसन कोरोना परीक्षणका लागि अस्पताल भर्ना भएर सकारात्मक सन्देश दिएको बेलायती सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

उनलाई परीक्षणका क्रममा दश दिनअघि कोरोना भएको आशंका गरिएको थियो । यसैबीच प्रधानमन्त्री जोनसनले भाइरस नियन्त्रणका लागि घरमै बसेर सहयोग गर्न आम नागरिकलाई अपिलसमेत गरेका छन् ।

उनले कोरोनाको आशंका लागे तत्काल चेकजाँच गराउन र बिना काम घर बाहिर नजान पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यता गत डिसेम्बरमा चीनबाट फैलिएको कोरोना भाइरसका कारण विश्वव्यापी रुपमा मृत्यु हुनेको संख्या  साढे ६९ हजार पुगेको छ ।

करिव १ लाख ७४ हजार संक्रमितमध्ये २ लाख ६४ हजार भन्दाबढी उपचारपछि निको भएर घर फर्किएका छन्

कोरोना संक्रमणका कारण अहिलेसम्म इटालीम सबैभन्दा बढीको मृत्यु भएको छ ।(एजेन्सी)