
काठमाडौं, चैत २३ । भारतमा लकडाउनको १२ औँ दिन आइतबा (आज) र राती ९ बजे ९ मिनेट घर घरमा विजुली बत्ति निभाएर दियो, मैनवत्ति वा टर्च बालेर कोरोना विरुद्धको लडाईंमा ऐक्यवद्धता जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई आज राती ९ बजे ९ मिनेटमा विजुली बत्ति निभाएर दियो, मैनबति वा टर्च बालेर ऐक्यबद्धता जनाउन अपील गरेका छन् ।
प्रधानमन्त्रीको उक्त अपिलको कैयौँ बलिउड सेलिब्रेटी तथा क्रिकेटरहरुले समेत समर्थन गरेका छन् । उनीहरुको ट्वीट प्रधानमन्त्री मोदीले रिट्वीट समेत गरेका छन् ।
आज सूर्य शक्तिशाली स्थानमा रहने भएकाले आजको दिनलाई रवि प्रदोष भन्ने गरिन्छ । त्यसमाथि आइतबार नै रविप्रदोष पर्नुलाई शुभ संकेतको रुपमा लिईने ज्योतिषीहरुले बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्