
काठमाडौं, चैत २३ । नेपाल चेम्बर अफ कमर्सले केन्द्र तथा प्रदेश स्तरमा अत्यावश्यक क्षेत्रमा मास्क लगायत सहयोग सामग्री वितरण जारी राखेको जनाएको छ ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकाललाई २५ सय मास्क र ५ सय जोडी पन्जा हस्तान्तरण गरे ।
चेम्बरले शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पताललाई पनि १ हजार मास्क उपलब्ध गराएको जनाएको छ ।
यसैगरी, नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा ५ हजार थान मास्क उपलब्ध गराएको जनाएको छ ।
चेम्बर उपाध्यक्ष दिपक मल्होत्रा र कार्यकारी सदस्य नवराज ढकालले नेपाल प्रहरी महानिरीक्षकलाई उक्त मास्क हस्तान्तरण गरे ।
यस्तै, गोदावरी चेम्बर अफ कमर्सले नगरपालिकाको विपत कोषमा खाद्यान्न सहयोग गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्