
पाल्पा, साउन २७ । पाल्पाको तानसेनमा जिपले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बगनासकाली गाउँपालिका वडा नंं. ३ का निशान बस्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइतेको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ । घाईतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्