१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


महासंघद्वारा राहत सामग्री वितरण


0
Shares

काठमाडौं, चैत २३ । नेपाल उद्योग वाणिज्य महासंघले लकडाउनबाट प्रभावित श्रमिकहरूको सहयोगार्थ राहत सामग्री वितरण शुरु गरेको छ ।

कोभिड—१९ संक्रमण रोकथामका लागि मुलुकभित्र जारी लकडाउनका कारण विहान वेलुका हातमुख जोर्न समस्या भएका श्रमिकहरूको सहयोगार्थ पहिलो चरणमा चार हजार प्याकेट राहत सामग्री वितरण गरेको महासंघले जनाएको छ । 

“बाचौ र बचाऔं” नारा सहित महासंघले कोरोना भाइरस विरुद्ध सहयोग अभियान २०२० संचालन गरी राहत सामग्री संकलन गरिरहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र महासंघका अध्यक्ष भवानी राणाले आइतबार काठमाडौंमा एक कार्यक्रम गरी संयुक्त रूपमा राहत सामग्री हस्तान्तरण गरे ।

महासंघले यस अघि “कोरोना उपचार कोष” मा ५० लाख नगद सहयोग गरी बा“की १ करोड बराबरको स्वास्थ्य तथा खाद्यान्न लगायतको सामग्रीहरू सहित जम्मा १ करोड ५० लाख वरावरको सहयोग गर्ने घोषणा गरेको थियो ।

महासंघले लकडाउनको समयमा अत्यावश्यक उद्योगहरू सुरक्षाको उपायहरू अवलम्वन गर्दै संचालन गर्न आग्रह समेत गरेको छ ।