
चितवन, चैत २३ । चितवनमा पनि कोरोना परिक्षण सुरु भएको छ । भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा आइतबारदेखि कोभिड १९ को परिक्षण सुरु गरिएको हो ।
सम्पूर्ण उपकरणहरु जडान गरेर परिक्षण शुरु गरिएको प्रयोगशाला स्थापना तथा सञ्चालन उपसमितिका संयोजक डा.कृष्णसागर शर्माले जानकारी दिए ।
सोमबारदेखि बिरामीको नियमित नमूना परिक्षण हुने र हाल एक सिफ्टमा मात्रै काम गरिने पनि उहाँले जानकारी दिए ।
एक सिफ्टमा तीन सय नमूना परिक्षण हुने बताइएको छ ।
यसअघि भरतपुरमा रहेको कोरोना विशेष अस्थाई अस्पताल, भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस लगायतको अस्पतालबाट कोरोनाको आशंकाका बिरामीको नमूना परिक्षणको लागि काठमाडौं र हेटौँडा पठाउँदै आइएको थियो ।
प्रतिक्रिया दिनुहोस्