१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


‘संक्रमण नियन्त्रणमा सरकारले चालेको गतिमा अझैं तिव्रता दिनुपर्छ’


0
Shares

रोमन आचार्य र रक्षा बज्राचार्यका (ईमेज)   

काठमाडौं, चैत २३ । सुदूरपश्चिम प्रदेशमा थप तीनजना विरामीको पहिचान हुंदा एकजना स्थानीयमा समेत संक्रमण देखिएको पुष्टि भएपछि नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ ।

दोस्रो चरण प्रवेशलाई खतराको घण्टीको रुपमा लिने गरिएको छ । तर सरकारले भने कोरोना नियन्त्रणका लागि भरपर्दो प्रबन्ध गर्न सकेको छैन ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीन जनामा कोरोना संक्रमण भएको पुष्टि गर्‍यो । संक्रमित मध्ये ३४ वर्षीय महिलामा परदेशबाट आएका पुरुष आफन्तले संक्रमण सारेका हुन् ।

यो सँगै नेपालमा संक्रमित व्यक्तिबाट स्थानीयमा कोरोना भाइरस फैलन थालेको छ । नेपाल नेशनल हस्पिटलका डा. प्रकाश पौडेल शनिबारको नतिजाले स्थिती जटिलातर्फ उन्मुख भएको बताए ।

यसअघि विदेश तथा छिमेकी देश भारतबाट आएका मानिसहरुमा मात्र संक्रमण देखिएको थियो । तर, संक्रमित व्यक्तिबाट समाजका अन्य व्यक्तिमा पनि कोरोना सर्न थालेको शनिबार प्रमाणित भएसँगै जनमानसमा त्रास पनि बढेको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोना संक्रमितको संख्या ९ जना पुगेको छ । विडम्वना हालसम्म १ हजार ५ सय २१ जनामा मात्र संक्रमणको परिक्षण भएको छ ।

सिमा नाकाबाट नेपाल भित्रिएका हजारौं मानिसहरुमा संक्रमणको परिक्षण हुन सकेको छैन । यस्तै, उपलव्ध स्रोत साधन र सरकारी तयारीका कारण संक्रमण परिक्षणले गति लिन सकेको छैन । 

संक्रमण बढ्न नदिन सरकारले बेलैमा पयाप्त तयारी गर्न सकेन । तीन महिनाभन्दा बढी समय विना तयारी बस्नु, बन्दाबन्दी समयमै गर्न नसक्नुमा सरकारको लापारवाही प्रष्ट देखियो ।

यस्तै समयमै अवाश्यक परिक्षण किटको व्यवस्था गर्न नसक्नु , स्वास्थ्य कर्मीहरुलाई सुरक्षा सामाग्रीहरु उपलव्ध गराउन नसक्नु र गाउँ तथा बस्तिहरुलाई वेवास्ता गर्दा संक्रमण नियन्त्रणमा सरकार चुकेको देखिन्छ ।

यस्तै बेलैमा सिमा नाका बन्द गर्न नसक्नु तथा भ्रष्टचार तथा कमिसनको चक्करमा गुणस्तरहीन सामग्री आयात गर्नाले पनि सरकारमा संकट विरुद्ध लड्ने दृढता नदेखिएको डा. रामकृष्ण आचार्य बताए ।

संक्रमण परिक्षणको यो गतिले रोग नियन्त्रण भन्दा पनि नियन्त्रण बाहिर जाने हो कि भन्ने चिन्ता बढेको छ । संक्रमित व्यक्तिहरुसँग सम्पर्कमा आएका सबैको जाँच नभए कोरोना फैलन धेरै समय लाग्दैन ।