Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


स्वास्थ्य मन्त्रालयबाट बजेट रोक्का


0
Shares

काठमाडौं, चैत २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका अस्पताल, कार्यालय तथा निकायहरुको बजेट तथा कार्यक्रम रोक्का गरेको छ ।

कोरोना भाइरस उपचारका लागि आर्थिक गतिविधि प्रभावित भएको भन्दै मन्त्रालयले ३८ वटा संस्थाको नियमित कार्यक्रम र बजेट रोक्का गरेको हो ।

बिनियोजन ऐन २०७६ बमोजिम चालु आर्थिक बर्षको बजेटमा समावेश गरिएका केही कार्यक्रम हाललाई स्थिगित गरी आवश्यकता अनुसार कोरोना भाइरस रोकथाम नियन्त्रणका काममा उपयोग गर्नु पर्ने भएकाले बजेट रोक्का गरिएको जानकारी मन्त्रालयले दिएको छ ।

यहि चैत्र २० गतेसम्म दायित्व सिर्जना भइसकेका र बोलपत्र आह्वान भइसकेका बाहेक बाँकी कार्यक्रम तत्काल लागु हुने गरी रोकिएको मन्त्रालयले जनाएको छ 

यसरी बजेट रोक्का गरिएका निकायहरुमा स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्थापन विभाग, स्वास्थ्य बीमा वोर्ड, विभिन्न प्रतिष्ठान, तालिम केन्द्र र अस्पतालहरु रहेका छन् ।