
उदयपुर, चैत २३ । उदयपुरमा मजदुर, दलित तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
लकडाउन अवधिका लागि अनौपचरिक क्षेत्रका मजदुर, दलित तथा विपन्न परिवारका लागि चौदण्डीगढी नगरपालिकाले १५ दिनको राहत प्याकेज वितरण गरेको हो ।
१० वटा वडामा लगत संकलन गरेर रोजगारी नभएका, विपन्न, दलित तथा श्रमिकलाई १५ दिनको राहतमा दाल, चामल, तेल, नुन, केराउ र लुगाधुने हातधुने साबुन घरघरमै हस्तान्तरण गरिएको नगर प्रमख खगेन्द्र राईले जानकारी दिए ।
१ हजार ४ सय ६० घरधुरीका ६ हजार १ सय परिवारलाई राहत वितरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्