३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


राप्रपाका उम्मेदवार गौतमको गाडीमा आगजनी


3.796k
Shares

काठमाडौं । मोरङको बेलबारीमा राप्रपाका उम्मेदवार खेमप्रसाद गौतमको कारमा आगजनी भएको छ ।

राप्रपाबाट मेयर पदका लागि उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ । घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा बिहिबार राती आगजनी भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

बेलबारी नगरपालिका– २ का खेमप्रसाद गौतम होटल व्यवसायी पनि हुनुहुन्छ । घटनामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले मोरङ सुन्दरहरैंचा नगरपालिका– १२ का २८ वर्षीय सुवास पाण्डेलाई पक्राउ गरेको छ । प्रहरीको नियन्त्रणमा रहेका पाण्डे नेपाली कांग्रेस निकट हुन् ।

कारमा पेट्रोल छर्किएर आगो लगाइएको सीसी क्यामेरा फुटेजमा देखिएको प्रहरीले जनाएकाे छ ।