-केदार कटवाल/ईमेज
उदयपुर । कोरोना भाइरसको संक्रमण(कोभिड–१९) को संभावित महामारी फैलिन नदिन गरिएको लकडाउन अवधिका लागि अनौपचरिक क्षेत्रका मजदुर तथा बिपन्न परिवारका लागि जीवन गुजारामा समस्या परेको भन्दै चौदण्डीगढी नगरपालिकाले ती परिवारलाई १५ दिनको राहत प्याकेज बितरण गरेको छ ।
नगरपालिकाले १० वटा वडाबाट संकलित लगत अनुसार रोजगार अभावमा जीबिकोपार्जन गर्न कठिन बिपन्न दलित तथा श्रमिकलाई १५ दिनको राहत प्याकेज स्वरुप चामल, दाल ,तेल, नुन, मटर केराउ र लुगाधुने–हातधुने साबुन घरघरै पुर्याएर हस्तान्तरण गरेको नगर प्रमख खगेन्द्र राईले बताए ।
नगरपालिकाका अनुसार चैत्र १९ गते देखि बितरण गरिएको राहत प्याकेज वडा नम्बर १ , २ , ५ , ९ र १० का १ हजार ४ सय ६० घरधुरीका ६ हजार १ सय बिपन्न परिवारलार्इ ४ हजार ५० क्विन्टल चामल ,१५ क्विन्टल नुन, १७ क्विन्टल तेल ,२० क्विन्टल मुसुरो दाल, २७ क्विन्टल मटर केराउ चार हजार पिस साबुन बितरण गरिएको नगरप्रमुख राइले बताए । वडा नम्वर ३, ४ , ६ ,७ र ८ मा दुई दिन भित्र बितरण गरिसक्ने जानकारी नगरपालिकाले दिएको छ ।
नगरपालिकामा २ हजार ८ सय ४३ घरधुरिका ११ हजार आठसय बिपन्न समूदायलाई ९० मेट्रिक टन चामल ,तीन हजार केजी नुन ,३१ सय लिटर खानेतेल पाँच हजार तीन केजी मटर केराउ, तीन हजार सात केजी मुसुरो दाल १० हजार पिस हातधुने र लुगाधुने साबुन बितरण गरिने उप प्रमुख रीता चौधरीले बताइन ।








प्रतिक्रिया दिनुहोस्