१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


आगामी ओलम्पिक गेम्समा फुटबल खेलाडीको उमेर हद बढ्न सक्ने ,२४ वर्ष पुर्‍याउने तयारी


0
Shares

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ओलम्पिक गेम्सका लागि पुरुष फुटबल टोलीमा सहभागी हुने खेलाडीको उमेर हद बढाउने तयारी गरेको छ ।

जापानको टोकियोमा यही वर्ष हुने तय भएको ओलम्पिक गेम्स कोरोना भाइरसको महामारीका कारण अर्को वर्षका लागि सारिएपछि फिफाले यस्तो निर्णय गर्न लागेको हो ।

ओलम्पिकमा पुरुष फुटबलमा सहभागी हुने खेलाडीको उमेर हद २३ वर्ष रहँदै आएको छ ।

तर फिफाले प्रयोगिता एक वर्षपछि धेकेलिएकाले खेलाडीको उमेर हद पनि एक वर्ष बढाएर २४ वर्ष बनाउन लागेको हो ।

आसन्न ओलम्पिकका लागि तयार पारिएको टोलीमा समस्या नआओस भनेर यस्तो गर्न लागिएको फिफाले जनाएको छ ।

नयाँ व्यवस्था अनुसार सन् १९९७ को जनवरी १ यता जन्मिएका खेलाडीलाई खेल्न दिइने छ । यो प्रस्ताव फिफाले पारित गर्न भने बाँकी छ ।

ओलम्पिक गेम्स आउँदो वर्ष जुलाई २३ देखि सुरु हुनेछ । महिला तर्फको फुटबल टोलीका लागि भने उमेर हद तोकिएको छैन ।