Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


शिरिषको कीर्तिमान तोडियो


143
Shares

काठमाडौं । राष्ट्रिय खुला तथा उमेर समूह प्रतियोगिताको २४ औं संस्करणमा २ सय मिटर फ्रि स्टाईलमा नासिर यह हुसेनले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको पौडी पोखरीमा आयोजना भएको २ मिटर फ्रि स्टाइल स्पर्धामा हुसेनले शिरिष गुरुङको कीर्तिमानलाई भंग गरेका हुन ।

हुसेनले शीरिष गुरुङले बनाएको २ मिनेट ५ दशमलब ७१ सेकेन्डको कीर्तिमानलाई तोडेका हुन । हुसेनले सोही स्पर्धामा बिहीबार २ मिनेट शून्य दशमलब ९२ सेकेन्डमा पूरा गर्दै कीर्तिमान भंग गरे ।

दुई दिने प्रतियोगितामा १ सय ६४ खेलाडीले विभिन्न ५० स्पर्धामा प्रतिस्पर्धा गर्दै छन् । यसै प्रतियोगिताबाट चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने नेपाल पौडी संघले जनाएको छ । जस अन्र्तगत पुरुष/महिलामा ८–८ गरी १६ खेलाडी छनोट गरिने छ ।