
रसुवा । सान्जेन जलविद्युत आयोजनाको काम फेरि सुचारु भएकोे छ । सरकारले ठूला आयोजना तथा उद्योग चलाउन सकिने निर्णय गरेसँगै आयोजनाको कामले निरन्तरता पाएको हो ।
स्थानीय सरोकारवाला पक्षको सहयोग र समन्वयमा ४२ दशमलब ५ मेघावाटको सान्जेन तथा १४ दशमलब ८ मेघावाटको माथिल्लो सान्जेन आयोजनाका कामहरु सूचारु गरिएको हो ।
आजबाट आयोजना कै जोखिम कार्य मध्येको पेनस्टक ओईडिङको ब्लाष्टिङ्गको कार्य पनि शुरु गरेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए ।
उनले निर्माण सामग्रीको ढुवानी सहज नभए फेरि समस्या आउने भएकाले यसको व्यवस्थापनमा सहयोग गर्न सरकारलाई आग्रह समेत गरे ।
प्रतिक्रिया दिनुहोस्