म्याग्दी । लकडाउनका कारण ज्याला मजदुरी गर्न नपाएकाहरुलाई राहत वितरण सुरु गरिएको छ ।
रघुगंगा गाउँपालिका–५ झीँ र ६ पाखापानीमा ५५ बोरा चामल, ११० किलो दाल, ५५ किलो नुन र ५५ पोका तेल वितरण गरिएको छ ।
त्यस्तै बेनी नगरपालिका–८ ले पनि वडाभित्रका विभिन्न स्थानमा विपन्न, मजदुर र अशक्त गरी ६३ घरधुरीलाई प्रति परिवार राहत उपलब्ध गराएको छ ।
नगरपालिकाले आवेदन फारम संकलन गरी छानविन समितिको छनौटका आधारमा राहत वितरण गरेको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्