३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७५ पुग्यो, तीन हजार बढी संक्रमित


0
Shares

एजेन्सी । भारतमा कोरोना भाइरसको संंक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ७५ जनाको मृत्यु भयो भने तीन हजार ११३ संक्रमित छन् ।

शनिबार ११ हजार १८२ मा गरिएको परीक्षणमा तीन सय २४ मा कोरोना पोजेटिभ पाइएको छ ।भारतमा शनिबार रातिसम्म ७९ हजार ९५० को जाँच गरिएको छ ।

अहिलेसम्मको विवरणबाट सवैभन्दा धेरै मृत्यु हुनेको सङ्ख्या महाराष्ट्रमा रहेको देखिएको छ । दोस्रो धेरै सङ्क्रमित तमिलनाडुमा रहेका छन् ।