१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


फुटबल क्लब लिभरपूलद्धारा खेलाडी बाहेकका कर्मचारी कटौती


0
Shares

एजेन्सी । इंग्लीश फुटबल क्लब लिभरपूलले खेलाडीबाहेकका कर्मचारी अस्थायीरुपले कटौती गरेको छ ।

कोरोना भाइरसका कारण फुटबल गतिविधी बन्द रहेको अवस्थामा लिभरपुलले आफ्नो क्लवका गैरखेलाडी कर्मचारीलाई केहि समयका लागि बिदा दिएको हो ।

बिदामा रहेपनि उनीहरुको तलव दिने क्लवले जनाएको छ । उनीहरुको ८० प्रतिशत तलब सरकारी राहत प्याकेजमार्फत हुनेछ भने अपुग २० प्रतिशत क्लबले बेहोर्नेछ ।

कोरोना भाइरसको प्रभाव पुर्ण रुपमा नियन्त्रणमा नआएसम्मका लागि फुटबल सुचारु गर्न कठिन देखिएपछि इंग्लीश प्रिमियर क्लबहरुले भटाभट कर्मचारी तथा खर्च कटौती गर्न थालेका छन् ।

यसअघि न्यूक्यासल युनाईटेड, टोटनह्याम हट्सपर, बर्नमाउथ र नरीच सिटीले पनि गैरखेलाडी कर्मचारीलाई बिदा दिएका थिए ।