भैरहवा, चैत २२ । प्रदेश नम्बर–५ का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले भारतको नौतनवास्थित ‘क्वारेन्टाइन’मा रहेका नेपालीहरुको अवस्थाको बारेमा जानकारी लिएर शनिबार फर्किएका छन् ।
भारतका विभिन्न सहरबाट आएर सीमानाका सुनौलीमा अलपत्र परेका र हाल भारतको नौतनवास्थित क्वारेन्टाइनमा बसेका उनीहरुको अवस्थाबारे प्रदेशसभा सदस्य पाण्डेयले जानकारी लिएका हुन् ।
भारतका तीनओटा विद्यालय, कलेजमा बनाइएका क्वारेन्टाइनमा सीमामा अलपत्र परेका ३०० बढी नेपालीहरु बसेका छन् ।
सुनौली ग्रामप्रधान र नौतनवा नगर पञ्चायत प्रतिनिधिहरुको प्रत्यक्ष निगरानीमा नेपालीहरुलाई राखिएकोले अवस्था सामान्य रहेको उनले जानकारी दिए ।
भारतीय अधिकारीहरुले क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई कुनै असुविधा हुन नदिने बताएको प्रदेशसभा सदस्य पाण्डेयले बताए ।








प्रतिक्रिया दिनुहोस्