म्याग्दी, चैत २२ । म्याग्दीका ६ ओटा स्थानीय तहहरुले कोरोनाभाइरसको संक्रमण रोकथामका लागि दुई करोड ८४ लाख ५० हजार रुपैयाँको आकस्मिक कोष बनाएका छन् ।
बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिका, मालिका गाउँपालिका, मंगला गाउँगापलिका र धौलागिरि गाउँपालिकाले दुई करोड ८४ लाख ५० हजार रुपैयाँको आकस्मिक कोष बनाएका हुन् ।
कोषमा बेनी नगरपालिकाले ५० लाख, अन्नपूर्ण गाउँपालिकाले ७० लाख, धवलागिरि गाउँपालिकाले ५० लाख जम्मा गरेका छन् ।
त्यसैगरी, रघुगंगा गाउँपालिकाले ३४ लाख जम्मा गर्नुका साथै प्रत्येक वडामा ‘क्वारेन्टाइन’समेत स्थापना गरेको छ ।
जनप्रतिनिधिहरुले आकस्मिक कोषबाट गरिब तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेको जनाएका छन् ।
तर, गरिब मजदुरहरुले भने अझैसम्म सहयोग पाउन नसकेको गुनासो गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्