Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


आर्थिक सुशासन हुन नसक्नुमा राष्ट्र सेवकदेखि व्यवसायीसम्म दोषी : टंकमणी शर्मा


130
Shares

काठमाडौं । महालेखा परिक्षक टंकमणी शर्माले पछिल्लो समय मुलुकमा आर्थिक सुशासन हुन नसकेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै महालेखापरिक्षक शर्माले मुलुकमा पछिल्लो समय आर्थिक सुशासन हुन नसक्नुमा राष्ट्र सेवकदेखि राजनीतिक व्यक्तित्व र व्यवसायीहरु समेत दोषी रहेको बताउनुभएको हो ।

सरकारले गरेका कामको विषय वा गल्ती कमजोरी थाहा पाए पनि कार्यान्वय गर्न नसकिएको बताउनुभयो । महालेखापरिक्षक शर्माले मुलुकमा आर्थिक अनुशासन नहुनु, जनताले सुशासनको प्रत्याभूति हुन नसक्नु, भष्ट्रचार बढ्नु, अनियमिता हुनु कुनै एक क्षेत्र मात्रै दोषी नभए समग्र क्षेत्र दोषी रहेको जिकिर गर्नुभयो ।

नेपाली समाजले अहिले विकास निर्माण, शिक्षा, स्वाथ्य , रोजगारी, राज्य वा सरकारले आफ्नो शासकिय भूमिका पूर्ण रुपमा निवार्ह गरी पारदर्शिता, जवाफदेहिता, भष्ट्रचारमुक्त र मुद्राको सार्थकता खोजेको महालेखापरिक्षक शर्माले बताउनुभयो ।

उहाँले नेपाली लेखा परिक्षक अन्तराष्ट्रिय लेखा व्यवसायीहरुले पत्याउन योग्य बन्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । सुधारको काम गर्न चाहे हुने भन्दै यो वर्षको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगसँग समन्वय स्थानीय तहका कुनै पनि व्यक्तिले उम्मेद्वार हुदाँ सरकारी राजश्व बाँकी, बेरुजु भए तिर्नूपर्ने आचार संहिता बनाउँदा देशैभरबाट धेरै पैसा उठेको उहाँले बताउनुभयो ।

त्यस्तै, महालेखापरिक्षक शर्माले लेखा परिक्षकहरुले लेखा परिक्षण गर्दा राम्रो कुराको संकलन गर्ने नगरेको बताउनुभयो ।

महालेखापरिक्षक शर्माले लेखा परिक्षण भनेको परिक्षण गर्दा नमिलेको कुरा मात्रै लेख्ने भएको बताउनुभयो ।