
काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लवहरुले खेलाडीको ३० प्रतिशत तलव कटौती गर्ने प्रस्ताव गरेका छन् ।
कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण खेलका गतिविधिहरु ठप्प भएसँगै तलब कटौती गर्ने प्रस्तावबारे सबै क्लवले खेलाडीसँग छलफल गर्ने भएको छ ।
प्रिमिय लिगका २० क्लवले संयुक्त रुपमा छलफल गरेपछि यो निर्णयमा पुगेको बताइएको छ । कोरोना भाइरसका कारण प्रिमियर लिग स्थगित गरिएको छ ।
यसका साथै यो सिजनको फुटबल पूर्ण रुपमा सुरक्षित नहुँदासम्म सुचारु नगर्ने पनि क्वलहरुले सहमति गरेका छन् ।
अहिलेको अवस्थामा प्रिमियर लिगका क्लव र अरु क्लवलाई परेको आर्थिक भारलाई कम गर्नका लागि खेलाडीको वार्षिक तलवबाट ३० प्रतिशत कटौती गर्न प्रस्ताव गरिएको छ ।
प्रिमियर लिगले विज्ञप्ति निकाल्दै पूर्व निर्धारित मे महिनाको तालिका अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ ।
प्रतियोगिताहरुलाई पूर्ण रुपमा सुचारु गर्न सरकारकोनिर्देशन अनुसार नै आगामी दिनमा निर्णय गर्ने विज्ञप्तीमा उल्लेख छ ।
प्रिमियर लिगले कोरोनाविरुद्ध लडिरहेका नेसनल हेल्थ सर्भिस, समुदाय तथा गरिब परिवारका लागि २० मिलियन पाउण्ड सहयोग गर्ने निर्णय गरेको छ ।
त्यस्तै ईएफएल लिग र नेसनल लिग क्लबका लागि १ सय २५ मिलियन पाउण्ड सहयोग गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्