
भोजपुर, चैत २१ । ‘लकडाउन’का कारण भोजपुरमा अलपत्र परेका विभिन्न आयोजनामा काम गर्ने २५० जना मजदुरको उद्धार गरिएको छ ।
जिल्लामा निर्माणाधीन मध्यपहाडी राजमार्ग, तीनभंगाले खानेपानी परियोजनालगायतका ठूला परियोजनामा काम गर्ने मजदुरको उद्धार गरिएको हो ।
लकडाउनपछि अलपत्र परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयको पहलमा उद्धार गरेर आ–आफ्नो घर पठाइएको हो ।
काठमाडौं, बाँके, बर्दिया, दाङ, कैलालीलगायत घर भएका करिब २५० जनालाई उद्धार गरेर घर पठाएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी गराएका छन् ।
त्यस्तै, मजदुरलाई पुर्याएर फर्केको बसमा भोजपुर घर भइ काठमाडौं, इटहरी, धरानलगायत ठाउँमा बस्दै आएका ६१ जनालाईसमेत उद्धार गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्