
काठमाडौं, चैत २१ । सरकारले बजारमा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति भइरहेको दाबी गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने सवारीका लागि आवश्यक मात्रामा पास वितरण गरी सहजीकरण गरेको जनाएको छ ।
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले विभागबाट ढुवानी सवारीका लागिमात्र ६०० भन्दा बढी पास वितरण गरिएको, जुन ‘लकडाउन’ अवधिभरका लागि यथेस्ट रहेको बताए ।
विभागले व्यक्तिगत तवरमा पनि उपभोक्ताको गुनासो सुनेर सम्बोधन गर्ने, आवश्यक परे अनुगमनका लागि ‘एक्सन टिम’ खटाउनेलगायतको व्यवस्था मिलाएको पनि उनले जानकारी दिए ।
दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्नुपर्नेलाई सहुलियत उपलब्ध गराउन स्थानीय तहबाट विपन्न वर्ग पहिचान गर्ने प्रक्रिया सुरु भइसकेकोसमेत सुवेदीले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्