Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


कोरोना उपचार कोषमा सुनचाँदी व्यवसायी महासंघको १५ लाख सहयोग


0
Shares

काठमाडौं, चैत २१ । कोरोनाभाइससँग जुध्न नेपाल सुनचाँदी व्यवसायी महासंघले १५ लाख रुपैयाँ सहयोग घोषणा गरेको छ ।

सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा तत्काल १५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता महासंघले व्यक्त गरको हो ।

साथै, यस्तो विकराल अवस्थामा आगामी दिनमा पनि आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता महासंघले जनाएको छ ।