Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


प्रदेश–२ मा कोरोना परीक्षण सुरु


0
Shares

जनकपुरधाम, चैत २१ । प्रदेश नम्बर–२ मा कोरोनाभाइरस संक्रमणको परीक्षण सुरु भएको छ ।

शुक्रबार प्रादेशिक अस्पताल जनकपुरधाममा प्रयोगशाला ल्याबको ‘सेटअप’ सम्पन्न गरी नमुना परीक्षण थालिएको हो ।

प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहको निरीक्षणपश्चात् प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

प्रत्येक घन्टा एकजनाको दरले दैनिक १० जनासम्मको नमुना परीक्षण गर्न सकिने ल्याबका प्रमुख रामविनय साहले जानकारी दिए ।