Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


दाङमा घर–घरमा खाद्यवस्तु आपूर्ति


0
Shares

दाङ, चैत २१ । दाङमा ‘लकडाउन’को समयमा खाद्यवस्तुको अभाव हुन नदिन घर–घरमा आपूर्तिको व्यवस्था मिलाइएको छ ।

यसअघि, खाद्यवस्तु खरिदका लागि दैनिक तीन घन्टा समय छुटइएको थियो ।

तर, किनमेलमा भीडभाड बढी हुने र कोरोना संक्रमणको जोखिम बढेको हुनाले अहिले घर–घरमा सामान पुर्‍याउने व्यवस्था गरिएको हो ।

उद्योग वाणिज्य संघले खाद्यान्न, तरकारी र फलफूलका लागि पाँचओटा गाडी, माछा–मासुका लागि तीनओटा र ग्यासका लागि एउटा गाडी परिचालन गरेर सेवा दिइएको छ ।