काठमाडौं, चैत २१ । काठमाडौं महानगरपालिका वडा नम्बर–५ मा ‘लकडाउन’का कारण समस्यामा परेका ज्याला, मजदुरी गर्ने तथा निम्न आय भएकाहरुलाई शुक्रबार राहत सामग्री वितरण गरिएको छ ।
वडाका अध्यक्ष रमेश डंगोलले करिब ७०० जनालाई विभिन्न राहत सामग्री वितरण गरिएको बताए ।
यस्तै, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरको संयुक्त आयोजनामा गरिब तथा असहायहरुका लागि निःशुल्क खाना वितरण गरेको छ ।
समुदाय–प्रहरी साझेदारीअन्तर्गत् करिब १३० जनालाई दैनिक दुई छाक निःशुल्क खाना खुवाउने व्यवस्था गरिएको सेवा केन्द्र बताएको हो ।








प्रतिक्रिया दिनुहोस्