
इलाम, चैत २१ । इलाममा सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनले चिया उद्योग सञ्चालन नगर्ने निर्णय गरेको छ ।
सरकारले तोकेको मापदन्ड पालना गरेर उद्योग सञ्चालन गर्ने अवस्था नरहेकाले हाललाई उद्योग खोल्न नसक्ने निर्णय गरेको एसोसिएसनका अध्यक्ष पुनम राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सूर्योदय नगरपालिकाले सुरक्षाका विधि अपनाएर चियाबगान र कारखाना सञ्चालनको व्यवस्था गर्ने योजना सार्वजनिक गरेको थियो ।
सूर्योदय नगरपालिकामा साना–ठूला गरी ६१ ओटा चिया प्रशोधन कारखाना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्