
विराटनगर, चैत २१ । लकडाउनको अवज्ञा गर्ने एक हजार २ सय ४७ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका नायव प्रहरी उपरीक्षक मानबहादुर राईका अनुसार लकडाउन उलङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइकल ७ सय ६३, स्कुटी ५२, कारभेन २३, ट्रयाक्टर १४, ट्रक २५, साइकल ३ सय ३०, सिटी ट्याम्पो ४० रहेका छन् ।
चैत ११ गतेबाट शुरु भएको लकडाउनमा अटेर गर्ने छ जना व्यक्तिलाई पनि प्रहरीले नियन्त्रण लिएको उनले बताए ।
यसैगरी, बजारमा दैनिक उपभोग्य वस्तु विक्रीवितरणका लागि सामाजिक दूरी कायम गराउन प्रहरीले देखाएको सक्रियताप्रति नगरवासीले खुशी व्यक्त गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्