Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


काबेली करिडोरको काम सक्न अझै दुई महिना लाग्ने


0
Shares

-जितेन्द्र भण्डारी/ईमेज:

पाँचथर । तीन पटकसम्म म्याद थपिएको काबेली करिडोरको काम सम्पन्न हुन अझै  दुई महिना लाग्ने भएको छ ।

पाँचथरको अमरपुरदेखि झापाको लखनपुरसम्मको १३२ केभीएको बिद्युत प्रसारणलाइनको काम सक्न अझै दुई महिना लाग्ने अनुमान गरिएको आयोजना प्रमुख दिपेन्द्रराज द्विवेदीले जानकारी दिए ।

तीन पटकसम्म म्याद थप्दा पनि काम नसकाएको आयोजनाले असोज तेस्रो सातासम्ममा काम सम्पन्न गर्ने जनाएको हो ।

आयोजनाको म्याद गत वैशाख ९ गते नै सकिएपछि असार २३ गते ६ महिनालाई थपिएको थियो । पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले काममा ढिलो गरेको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत चैतमै निरीक्षणपछि वैशाखभित्र काम सकाउन निर्देशन दिएका थिए ।

परियोजना भारतीय निर्माण कम्पनी ज्वग्वार एन्ड स्ट्रक्चरले १ अर्ब ३० करोड रुपैयामा निर्माणको जिम्मा लिएको थियो ।

आर्थिक वर्ष २०६६÷६७ देखि निर्माण थालिएको काम २०७१/७२ मा सम्पन्न गर्न सम्झौता भएको थियो ।

काबेली कोरिडोरको काम नसकिएकाले २२ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना र १० मेगावाटको इन्द्रावती जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत खेर जाने अवस्था आएको तल्लो हेवाखोला जलविद्युत् आयोजनाका प्रमुख गणेश सुब्बाले बताए ।